Techie IT
२०८३ असार १४, आइतबार

विशाल बजार क्षेत्रमा परम्परागत सडकबत्ती जडान, सम्पदा क्षेत्रको रात्रिकालीन रूप फेरियो


तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ महानगरपालिकाले ऐतिहासिक एवं पुरातात्विक सम्पदा क्षेत्रको सौन्दर्य अभिवृद्धि र मौलिक पहिचान संरक्षण गर्ने उद्देश्यले नयाँ सडक (न्यूरोड) क्षेत्रमा परम्परागत शैलीका सडकबत्ती जडान गरेको छ। महानगरपालिकाले इन्द्रचोकदेखि विशाल बजारसम्मको शुक्रपथ सडकखण्डमा यी आकर्षक र परम्परागत बत्तीहरू सञ्चालनमा ल्याएको हो।

सांस्कृतिक एवं ऐतिहासिक स्वरूपलाई थप उजागर गर्दै रातिको समयमा पैदलयात्री तथा सर्वसाधारणका लागि सुरक्षित र सहज आवागमन सुनिश्चित गर्ने लक्ष्यका साथ यो कार्य अघि बढाइएको महानगरले जनाएको छ। साँझ परेपछि बल्ने यी मौलिक बत्तीहरूले यस व्यापारिक तथा पर्यटकीय क्षेत्रलाई थप मनमोहक बनाएका छन्, जसले गर्दा सम्पदाको रात्रिकालीन सौन्दर्यमा नयाँ रौनक थपिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट