साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा पवित्र सहर मक्कालाई लक्षित गरी आक्रमणको प्रयास गरेको गम्भीर आरोप लगाएको छ। साउदी नेतृत्वको सैन्य गठबन्धनले यसलाई ‘रेड लाइन’ अर्थात् कुनै पनि हालतमा अतिक्रमण गर्न नहुने सीमा भनेको छ भने हुथीहरूले भने मक्कातर्फ ड्रोन प्रहार गरेको दाब...