जाजरकोट । गएरातिको अविरल वर्षापछि आएको बाढीले जाजरकोटमा भूकम्पपीडितका अस्थायी आवासमा ठूलो क्षति पुर्याएको छ। नलगाड नगरपालिका–१ र २ को बीचमा पर्ने बौलाहखोलामा आएको बाढीले आठभन्दा बढी अस्थायी आवास तथा पसलमा क्षति पुर्याएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक किरण सा�...