आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइको शक्तिशाली सरकार बने पनि व्यवहारमा सरकार शक्तिहीन र लाचार बनेको टिप्पणी गरेका छन्। जनतासँगको सम्पर्क टुटाएर सरकार लिकभन्दा बाहिर गएकाले देश अहिले पनि अन्त्यहीन सङ्कटमा फसेको साहको भनाइ छ।आजपा सम्मिल�...