महानायक राजेश हमालले सुनसरीमा हालै घटेको दुःखद घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीमा विशेष अपिल गरेका छन्।शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक भिडियो सन्देश जारी गर्दै हमालले नेपाल भौगोलिक विविधताको मात्र नभई साझा भविष्यमा विश्व�...