कुवेतमा इरानी मिसाइल आक्रमणमा परी ज्यान गुमाएका नेपाली चालक सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ। गए राति कुवेत एयरवेजको विमानमार्फत उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो।तेह्रथुम स्थायी घर भएका ४४ वर्षीय तामाङ सन् २०२२ देखि कुवेतमा चालकका रूपमा कार्यरत थिए। गत बिहीबार उत्...