Techie IT
२०८३ श्रावण २०, बुधबार

त्रिभुवन राजपथमा ट्रक दुर्घटनाः एकको मृत्यु, दुई घाइते


आज बिहान २ः३० बजे त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारमा भएको ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मकवानपुरको पालुङबाट वीरगञ्जतर्फ आउँदै गरेको तरकारी लोड गरिएको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको छक्के डिब्बा ट्रक, वर्षा र बाक्लो हुस्सुका कारण ओरालो बाटोमा चिप्लिएर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल चण्डी खोलामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का ३६ वर्षीय अर्जुन कार्कीको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो। ट्रकका चालक मकवानपुर राक्सिराङ–९ कै २३ वर्षीय रंजीत कार्की र मृतक अर्जुन कार्की घाइते भएका थिए।

घटना लगत्तै उद्धार गरी उनीहरूलाई उपचारका लागि हेटौँडा ल्याइएकोमा हेटौँडा अस्पतालका चिकित्सकले बिहान ९ः१५ बजे अर्जुन कार्कीलाई मृत घोषणा गरेका हुन्। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट