Techie IT
२०८२ भाद्र ४, बुधबार

झापामा सात करोडको सौर्य विद्युत् उत्पादन, राष्ट्रिय ग्रिडमा जडान


Solar Panel of Jhapa Energy Limited

झापा इनर्जी लिमिटेडले नौ महिनामा रु सात करोड ११ लाखको सौर्य विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ। शिवसताक्षी नगरपालिका–४ स्थित बुलुचोकमा रहेको यो परियोजना १० मेगावाट क्षमताको हो, जसलाई गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईका अनुसार परियोजनाले माघ १० गतेदेखि कात्तिक २० गतेसम्ममा एक करोड १९ लाखभन्दा बढी युनिट विद्युत् उत्पादन गरेको छ। उत्पादन गरिएको विद्युत् बुलुचोक सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिएको छ।

प्राधिकरणले प्रति युनिट सात रुपैयाँ ३० पैसाको दरमा विद्युत् खरिद गर्दै आएको छ। २२ बिघा जग्गामा सौर्य प्यानल राखेर सञ्चालनमा ल्याइएको यस परियोजनामा कुल ८७ करोड लगानी भएको छ । लगानिकर्तामध्ये माछापुच्छ्रे बैंक र हिमालयन बैंकले ६२ करोड ऋण लगानी गरेका छन्।

कम्पनीमा ८०० जनताको शेयर लगानी छ । परियोजनामा १२ जनाले स्थायी रोजगारी प्राप्त गरेका छन्। परियोजना स्वचालित भए पनि मर्मत र निगरानीका लागि कर्मचारीहरू दिनरात खटिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट