Techie IT
२०८२ असार १, आइतबार

विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान


विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ले पाएको छ । कवि विमल गुरुङको ५३औँ जन्मजयन्तीका अवसरमा धरानको कवि विमल गुरुङ स्मृति पुस्तकालयले रु दुई लाख राशिसहितको पुरस्कार प्रदान गरेको हो।

धरान उपमहानगरपालिका–१८ स्थित पुस्तकालयको हलमा आज सम्पन्न ३३औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. भीम खतिवडा र पुस्तकालयका सञ्चालक पूर्णबहादुर गुरुङले उक्त पुरस्कार प्रदान गरेका थिए।

कृति पुरस्कारका लागि देश तथा विदेशमा रहेका नेपालीभाषी लेखक, साहित्यकार सर्जकबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएका थिए। निर्णायक समितिको सिफारिसअनुसार कवि थाम्सुहाङको निबन्ध कृति पुरस्कृत भएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले जानकारी दिए।

सोही अवसरमा युवाकवि विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभास्वरुप प्रदान गरिएको थियो। पुरस्कारको राशि रु १० हजार रहेको छ। यसैगरी, एक सय तीन वर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङलाई रु पाँच हजारसहित सम्मान गरिएको थियो। साथै, सिक्किमका लेखक टिबीचन्द्र सुब्बा र विरेन गुरुङलाई पनि नगदसहित सम्मान गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट