Techie IT
२०८३ कार्तिक १३, बिहीबार

प्रहरी प्रधान कार्यालयमा आकस्मिक पीसीसी बैठक सम्पन्न, के भयो निर्णय ?


प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले डाकेको प्रहरीको पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) को आकस्मिक बैठक सम्पन्न भएको छ। नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बिहीबार मध्याह्न ३ बजेदेखि सुरु भएको उक्त बैठक करिब ४ घण्टापछि सकिएको हो।

सरकारले आईजीपी कार्कीलाई पदबाट हटाउने तयारी गरिरहेको चर्चा सार्वजनिक भइरहेका बेला समसामयिक परिस्थिति र सांगठनिक विषयमा छलफल गर्न आईजीपीले यो आकस्मिक बैठक बोलाएका हुन्। बैठकमा नेपाल प्रहरीका ८ जना अतिरिक्त महानिरीक्षक (एआईजी), सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा काठमाडौँ उपत्यकामा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूको उपस्थिति रहेको थियो।

बैठकमा समसामयिक सुरक्षा अवस्था र सांगठनिक विषयमा नै केन्द्रित रहेर छलफल भएको सहभागी एक उच्च प्रहरी अधिकृतले जानकारी दिएका छन्।

सरकारले आईजीपीलाई हटाउन खोज्नुको स्पष्ट र आधिकारिक कारण बाहिर नआए पनि यसलाई अघिल्लो निर्वाचनसँग जोडेर हेरिएको छ। २०८२ फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा 'निर्वाचन प्रहरी' का लागि खरिद गरिएको पोसाकमा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिमा प्रश्न उठेको थियो।

उक्त खरिद प्रकरणबारे लेखा समितिले उपसमिति बनाएर छानबिन गरिरहेको भए पनि प्रतिवेदन बुझाउन बाँकी नै छ। निर्वाचनका क्रममा हिमाली जिल्लामा खटिएका प्रहरीलाई पोसाक बापत रु. ८ हजार, पहाडमा रु. ७ हजार र तराईमा रु. ६ हजार प्रदान गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट