Techie IT
२०८२ फागुन ९, शनिबार

नारायण ढकालको नयाँ उपन्यास सार्वजनिक


नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ शनिबार काठमाडौंमा सार्वजनिक गरिएको छ।

पब्लिकेसन नेपालयको आरशालामा आयोजित कार्यक्रममा लेखक ढकालले आफ्ना नातिनातिनालाई पुस्तक उपहार दिँदै कृति लोकार्पण गरेका हुन्।

कार्यक्रममा ढकालले आफ्नो करिब पाँच दशक लामो साहित्यिक, राजनीतिक तथा सामाजिक आन्दोलनसँग जोडिएका अनुभव सुनाए। साहित्यलाई राजनीति, इतिहास र समाजमाथिको प्रश्नका रूपमा व्याख्या गर्दै उनले यस उपन्यासलाई ‘विश्वासघातविरुद्ध आफ्नो स्वप्न–दुस्वप्न वक्तव्य’ को संज्ञा दिएका छन्।

नेपालयका सम्पादक विमल आचार्यले उक्त कृति नेपाली साहित्य इतिहासमा सम्झनलायक महत्वपूर्ण उपन्यास हुने दाबी गरे।

वि.सं. २०३० सालदेखि लेखन यात्रा सुरु गरेका ढकालका यसअघि उपन्यास, कथा, निबन्ध र कविता गरी झन्डै दुई दर्जन कृति प्रकाशित भइसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट