काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्रीले बढ्यो
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्री सेल्सियसले वृद्धि भएको छ। सोमबार बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस रेकर्ड गरिएको हो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मनोज भट्टका अनुसार आइतबार बिहान सोही समयमा काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो। अघिल्लो दिनको तुलनामा सोमबार बिहान उपत्यकामा चिसो केही कम महसुस गरिएको छ।
मौसमविद्हरूका अनुसार रातको समयमा रहने मौसमी अवस्थाले बिहानको न्यूनतम तापक्रममा प्रत्यक्ष प्रभाव पार्दछ। राति आकाश बादलले ढाकिएमा पृथ्वीको सतहबाट बाहिरिने ताप वायुमण्डलमै रोकिने हुँदा बिहानको तापक्रम तुलनात्मक रूपमा बढी रहन्छ भने आकाश सफा र खुला रहेमा तापक्रम घटेर चिसो बढ्ने गर्दछ।



तपाईको प्रतिक्रिया दिनुहोस