Techie IT
२०८३ कार्तिक ३०, आइतबार

१ मिनेटको भिडियो बनाएर ५० हजार जित्ने अवसर


काठमाडौं महानगरपालिकाले ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ को अवसरमा विद्यालय तहका बालबालिकालाई लक्षित गर्दै एक मिनेटको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । महानगरले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा परिरहेको असर न्यूनीकरण गर्न समुदायस्तरमा चाल्न सकिने कदमहरूको प्रवर्द्धन गर्ने तथा व्यक्ति र समाजमा जिम्मेवारीबोध जगाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्यमा महानगरले आगामी मंसिर ७ देखि १३ गतेसम्म दैनिक फरक–फरक कार्यक्रमसहित ‘काठमाडौं जलवायु कार्य सप्ताह’ मनाउँदै छ । सोही सप्ताहअन्तर्गत विद्यार्थीहरूको सिर्जनात्मक क्षमता उजागर गर्न भिडियो प्रतिस्पर्धा गराउन लागिएको हो ।

प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् । जसअनुसार काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा बालबालिकाका साथै महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू प्रतिस्पर्धाका लागि योग्य हुनेछन् ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै, उत्कृष्ट ठहरिने अन्य सात जना सहभागीलाई जनही १० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कारको व्यवस्था गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट