८० बर्षमा पनि सन्तान जन्माउँन सक्षम तान्जानियाका आदिवासीहरूको कस्तो छ जीवनशैली ?

पूर्वी अफ्रिकाको तान्जानिया देश आफ्नो प्राचीन परम्परा र जीवनशैलीका लागि विश्वभर चर्चित छ । मसाई, माकोन्डे र मनाती जस्ता आदिवासी समुदायहरू यहाँ हजारौँ वर्षदेखि पुरानो जीवनशैलीमा जीवन बिताइरहेका छन् । आधुनिक प्रविधिको विस्तार भए पनि यिनीहरू अझै प्रकृति नजिकैको जीवनशैलीमा रमाइरहेका छन्।
यी समुदायहरूमध्ये मसाई आदिवासी विशेष रूपमा चर्चित छन्। तिनको जीवनशैली, खानपान, सामाजिक व्यवहार र शारीरिक क्षमताले धेरैलाई चकित बनाउने गरेको छ । मसाई पुरुषहरूबारे गरिएको एउटा दाबी अनुसार, ८० वर्षको उमेरसम्म पनि १० सन्तान जन्माउन सक्ने क्षमता राख्दछन् । यो अद्भुत क्षमता उनीहरूको विशिष्ट जीवनशैलीसँग जोडिएको बताइन्छ।
मसाई समुदायमा दिनको सुरुवात चिया वा कफी होइन, तातो जनावरको रगत पिउँदै गरिन्छ । उनीहरू प्रोटिन र भिटामिनले भरिपूर्ण ताजा जनावरको मासु सेवन गर्छन् । पोषणयुक्त खानाले उनीहरूको शारीरिक शक्ति र स्ट्यामिना उल्लेखनीय रूपमा उच्च हुने जनाइएको छ।
जनावरको रगतलाई मसाईहरूले आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाउने माध्यमका रूपमा लिन्छन्। यसलाई उनीहरूले ह्याङ्गओभर हटाउने घरेलु औषधिको रूपमा पनि प्रयोग गर्छन्।
मसाईहरूको प्रमुख पेसा पशुपालन हो । गाईको संख्या नै उनीहरूको सम्पत्ति मानिन्छ । उनीहरू यति साहसी छन् कि जंगलमा सिंह वा चितुवाजस्ता जनावरसँग लड्न समेत पछि पर्दैनन् । उनीहरूले जनावरको छाला ओछ्यानको रूपमा प्रयोग गर्छन्, जुन उनीहरूको जीवनशैलीको अर्को विशेषता हो।
मसाई महिलाहरूको पोशाक पनि अनौठो प्रकारको हुन्छ । उनीहरूले कम्मरदेखि तल लुगा लगाउने र माथिल्लो भाग खुला राख्ने परम्परा पछ्याउँछन् । अझ अचम्मको कुरा, माया र सम्मान व्यक्त गर्न मसाईहरू एकअर्कामाथि थुक्छन्। साथी भेट्दा, नवजात शिशुलाई आशीर्वाद दिन वा अभिवादन गर्न पनि उनीहरूले यही तरिका अपनाउँछन्।
मसाई, माकोन्डे र मनाती जस्ता समुदायहरूको जीवनशैलीले देखाउँछ कि आजको आधुनिक विश्वमा पनि कतिपय समुदायहरू आफ्नो मौलिकता, परम्परा र जरा सँग गहिरो रूपमा जकडिएका छन् । तिनीहरूको जीवनशैली अध्ययनले मानवीय विविधता, सांस्कृतिक धरोहर र प्राकृतिक जीवनसँगको सम्बन्धबारे धेरै सिक्न सकिने देखिन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस