Techie IT
२०८३ मंसिर ९, मंगलबार

रियादको सबैभन्दा अग्लो टावरमा दोस्रो पटक आक्रमण


साउदी अरबको राजधानी रियादस्थित वित्तीय क्षेत्र (फाइनान्सियल डिस्ट्रिक्ट) मा रहेको सबैभन्दा अग्लो टावरमा एक साता नपुग्दै दोस्रो पटक आक्रमण भएको छ।

साउदी नेतृत्वको सैन्य गठबन्धनले रियादको वित्तीय क्षेत्रमा रहेको एक टावरलाई निशाना बनाइएको पुष्टि गरेको हो। यसअघि समाचार संस्था एएफपीले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै साउदी पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) को टावरमाथि आक्रमण भएको जनाएको थियो।

यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीले सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गर्दै भनेका छन्, ‘रियादको वित्तीय केन्द्रस्थित एक टावरलाई कायरतापूर्ण आतङ्कवादी आक्रमणमा निशाना बनाइएको छ। हाल अधिकारीहरूले घटनास्थलको अनुसन्धान गरिरहेका छन्।’

यसअघि गत बिहीबार पनि हुथी समूहले गरेको क्षेप्यास्त्र आक्रमणबाट सोही टावरमा क्षति पुगेको थियो। त्यसको केही दिनमै पुनः सोही क्षेत्रलाई लक्षित गरी अर्को आक्रमण भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट