नेपाल प्रहरीका ६० एसपीको सरुवा, को कहाँ पुगे ?
नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार एसपीहरूको सरुवासम्बन्धी निर्णय गरेका हुन्।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीअनुसार विभिन्न जिल्लाका प्रहरी प्रमुखहरू फेरिएका छन्। जसअनुसार बारामा कुमार विक्रम थापा, मोरङमा दिलीप कुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेश राज सुवेदी, बाँकेमा नवराज मल्ल, सिन्धुपाल्चोकमा निरन्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकीलाई पठाइएको छ।
यसैगरी, बर्दियामा बाल नरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहन बहादुर खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रबिन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार, सप्तरीमा रूपक खड्का र दाङमा श्यामु अर्यालको सरुवा भएको छ।
पर्सामा यसअघि काजमा खटिएका पवन कुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको सोही स्थानमा दरबन्दी कायम गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस