Techie IT
२०८२ असोज ४, शनिबार

नेपाल बाहिर कुन देशमा कति बजे छ दशैं टीकाको उत्तम साइत ?


अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे टीकाको उत्तम साइत रहने जानकारी दिएको थियो।

यसैबीच शनिबार अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको उत्तम साइतबारे जानकारी दिएको छ। समितिका अनुसार भारतमा बिहान ११:४९, अमेरिकाको न्युयोर्कमा ११:२५, फ्र्यांकफर्ट (केन्टुकी)मा ११:५७, टेक्सासमा ११:३३, क्यालिफोर्नियामा ११:११, क्यानडाको टोरेन्टोमा ११:११ र अष्ट्रेलियाको सिड्नीमा ११:४३ बजे टीका लगाउनको लागि उत्तम साइत रहनेछ।

यस वर्षको दशैं २०८२ साल असोज ६ गतेदेखि सुरु हुनेछ। सो दिन घटस्थापना हुनेछ। असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत परेको छ भने असोज ११ गते शनिबार श्रीपचली भैरव यात्रा हुनेछ।

त्यसैगरी असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे र स्थिरासनको साइत बिहान ९:२३ बजे तोकिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट