Techie IT
२०८२ चैत्र २६, बिहीबार

पशुपतिनाथ क्षेत्रमा ३२०० प्रहरी परिचालन


महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा दर्शनार्थीको अत्यधिक भीड व्यवस्थापन गर्न नेपाल प्रहरीले ३ हजार २ सय सुरक्षाकर्मी परिचालन गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं का प्रमुख एसएसपी रमेश थापाका अनुसार शिवरात्रि पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कुनै कमी नराखिएको बताएका छन्।

यस्तै, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन बिहानैदेखि प्रमुख सडकहरूमा डाइभर्सन गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार दर्शनार्थीले तोकिएका स्थानमै सवारीसाधन पार्किङ गर्नुपर्ने व्यवस्था मिलाइएको छ र त्यसका लागि ट्राफिक प्रहरी सक्रिय रूपमा खटिएको छ।

आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। भारतसहित देशका विभिन्न भागबाट साधु, सन्त, महन्त तथा नाङ्गा बाबा पशुपतिनाथ आइपुगेका छन्। पर्वका अवसरमा सुरक्षा, ट्राफिक र दर्शन व्यवस्थापनलाई चुस्त बनाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट