Techie IT
२०८३ कार्तिक ३०, आइतबार

छठ पर्वको दोस्रो दिन आज "खरना" विधि मनाइँदै


मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले श्रद्धा, निष्ठा र हर्षोल्लासका साथ ‘छठ’ पर्व मनाइँदैछ। चार दिनसम्म चल्ने यस महापर्वको आज दोस्रो दिन बर्तालुहरू ‘खरना’ विधिको तयारीमा जुटेका छन्। यसअघि पर्वको पहिलो दिन शुक्रबार बर्तालुले ‘नहाय–खाय’ विधिसँगै व्रतको सङ्कल्प गरिसकेका छन्।

पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिका दिन बिहान पवित्र स्नान गरी दिनभर निराहार उपवास (व्रत) बस्ने र राति सख्खरमा पकाइएको खीर कुल देवता तथा छठी मातालाई च Tiधाइ ग्रहण गर्ने विधि पूरा गरिन्छ। मैथिली भाषामा यसलाई ‘खरना’ भनिन्छ।

छठलाई मिथिलामा लोकआस्थाको महापर्व भनिन्छ, जहाँ श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धि मुख्य पक्ष मानिन्छन्। यही निष्ठाका साथ आज दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरेपछि माटोको नयाँ चुलो र नयाँ माटाका भाँडामा सख्खर, दूध र स्थानीय जातको चामल मिसाएर पकाइएको खीर केराको पातमा राखेर छठी मातालाई चढाइन्छ। त्यसपछि बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा सोही खीर ग्रहण गर्ने चलन छ।

छठ पर्वका प्रमुख विधिहरू:
पहिलो दिन (नहाय–खाय): पर्वको आरम्भ गर्दै पवित्र स्नान गरी व्रतको सङ्कल्प गर्ने दिन।

दोस्रो दिन (खरना): दिनभर निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरी सख्खरको खीर प्रसादको रूपमा ग्रहण गर्ने विधि।

तेस्रो दिन (सझुका अरख / सझियाघाट): निराहार व्रत बसेर साँझपख जलाशयको किनारमा बनाईएको घाटमा कम्मरसम्म पानीमा डुबेर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य अर्पण गरिने।

चौथो दिन (भोरका अरख / पारन): सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व सम्पन्न गरिने।

पूजाका लागि तयार पारिने ठकुवा, भुसुवालगायतका मिष्टान्न परिकारहरू ढिकी–जाँतोमा कुटिएका तथा पिडिएका पिठोबाटै बनाइन्छन्। पर्वका अवसरमा जलाशय किनारमा आकर्षक घाटहरू निर्माण गरिने गरिन्छ।

केही वर्ष पहिलेसम्म मधेसी हिन्दूहरूले मात्र सीमित रूपमा मनाउने यो पर्व हाल पहाडी समुदायका मानिसहरूले पनि बाक्लो रूपमा मनाउन थालेका छन्। यसैगरी, मिथिला क्षेत्रमा इस्लाम धर्मावलम्बीहरूले समेत बर्तालुलाई अर्घ्यका बेला सहयोग गर्ने र आफ्नो मनोकांक्षा सूर्यदेवलाई देखाउन दिने गरेका छन्। सबै धर्म, संस्कृति र जातजातिका मानिसहरूको सहभागिता रहने हुनाले छठ पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बन्दै एक साँचो ‘साझा पर्व’ का रूपमा स्थापित भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट