६१ जनाका लागि राष्ट्र बैंकमा खुल्यो जागिर, कहिले सम्म दिन सकिन्छ आवेदन ?
नेपाल राष्ट्र बैंकले विभिन्न ६१ रिक्त पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । बैंकको केन्द्रीय कार्यालयअन्तर्गत मानव संसाधन व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट अनलाइन माध्यममार्फत आवेदन माग गरेको हो ।
बैंकले अधिकृत तृतीय श्रेणी (सहायक निर्देशक) र सहायक द्वितीय श्रेणी (सहायक) पदका लागि विज्ञापन खुलाएको छ । जसमध्ये वाणिज्य कानुनतर्फको विज्ञापन भने पुनः प्रकाशन गरिएको बैंकले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले बैंकको अनलाइन पोर्टलमार्फत आजदेखि आगामी मंसिर १७ गतेसम्म नियमित दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । नियमित म्यादभित्र फाराम भर्न छुटेका उम्मेदवारहरूका लागि दोब्बर दस्तुर तिरी मंसिर २४ गतेसम्म दरखास्त पेस गर्ने अन्तिम म्याद तोकिएको छ ।
सर्वोच्च अदालतबाट जारी परमादेशको आदेशबमोजिम समावेशी समूहका सम्बन्धमा आवश्यक कानुनी व्यवस्था भएपछि सोहीअनुसार पदपूर्ति गरिने बैंकको सूचनामा उल्लेख छ ।
विस्तृत



तपाईको प्रतिक्रिया दिनुहोस