Techie IT
२०८३ कार्तिक ३०, आइतबार

तीन प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना


हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ भने हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली (बादल) देखिएको छ।

जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका भू–भागका साथै उपत्यका र खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट