Techie IT
२०८२ श्रावण ३०, शुक्रबार

बडिमालिकामा भिरबाट खसेर मृत्यु भएका व्यक्तिको शव निकालियो


बाजुराको त्रिवेणी नगरपालिका–९ बिस्नापानीमा साउन २२ गते राति भिरबाट खसेर मृत्यु भएका एक व्यक्तिको शव प्रहरीले उद्धार गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शुक्रबार साँझ शव निकालेको हो।

मृतक काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नारायणटारका ५२ वर्षीय विप्लव ओझा रहेका छन्। उनी बडिमालिका मन्दिर दर्शनपछि नाटेश्वरी धाम जाँदै गर्दा बाटोमा चिप्लिएर करिब ७ सय मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए।

घटनापछि सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट बडिमालिका त्रिवेणी धाममा मेला सुरक्षार्थ खटिएको टोली र नेपाल प्रहरीको संयुक्त फौज उद्धारमा परिचालित भएको थियो। थप सहयोगका लागि २३ गते बिहान विपद् व्यवस्थापन तालिमप्राप्त विशेष टोली समेत त्यसतर्फ पठाइएको थियो।

उक्त विशेष टोलीले खोल्साबाट शव निकालेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट