Techie IT
२०८३ श्रावण १७, आइतबार

पेरूमा विमान दुर्घटना: नाज्का लाइन्समाथि उडिरहेको विमान खस्दा १३ जनाको मृत्यु


Photo: AP

पेरूको विश्वप्रसिद्ध पर्यटकीय स्थल 'नाज्का लाइन्स' माथि हवाई अवलोकन गराइरहेको एक सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। शनिबार दिउँसो भएको यो भीषण दुर्घटनामा परी विमानमा सवार ११ पर्यटक र २ पाइलट गरी सबैले ज्यान गुमाएका हुन्।

पेरूको सरकारी समाचार एजेन्सीका अनुसार मृत्यु हुने पर्यटकहरूमा २ जना जर्मनी, २ जना स्पेन र ७ जना इटालीका नागरिक रहेका छन्। स्थानीय समयअनुसार दिउँसो करिब १ बजे पिस्को विमानस्थलबाट उडेको 'सेस्ना क्याराभान सी–२०८' विमान दुर्घटनामा परेको हो। दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन।

प्रहरी मेजर होर्खे आन्द्रादेले दुर्घटना अत्यन्त भीषण भएकाले कसैको पनि जीवित उद्धार गर्न नसकिएको बताएका छन्। हालसम्म घटनास्थलबाट चार जनाको शव निकालिएको छ। दुर्घटनाग्रस्त विमान स्थानीय 'एरोडियाना' एअरलाइन्सको रहेको र सो कम्पनीले घटनापछि उडान तालिकाको पुनरावलोकन गर्ने जनाएको छ।

युनेस्को विश्व सम्पदा सूचीमा रहेको नाज्का लाइन्स रेगिस्तानमा बनाइएका विशाल आकृतिहरूका लागि विश्वभर प्रसिद्ध छ। यी आकृतिहरूलाई आकाशबाट अवलोकन गर्न पर्यटकहरूले साना विमानको प्रयोग गर्दै आएका छन्। उक्त क्षेत्रमा यसअघि सन् २०२२ मा ७ जना र सन् २०१० मा ६ जनाको ज्यान जाने गरी विमान दुर्घटना भइसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट