Techie IT
२०८३ असोज २४, शनिबार

उद्धारमा खटिएका हेलिकप्टरका लागि इन्धन पठाइयो


रसुवाका बाढी प्रभावित क्षेत्रमा पीडितहरूको खोजी तथा उद्धारका लागि परिचालित हेलिकप्टरहरूलाई इन्धन (फ्युल) अभाव भएपछि काठमाडौंबाट थप इन्धन पठाइएको छ।

नेपाली सेनाको हेलिकप्टर करिब दुई दर्जन ड्रममा इन्धन लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घटनास्थलतर्फ उडेको हो। हाल बाढीग्रस्त क्षेत्रमा सेनाका चारवटा हेलिकप्टर उद्धार कार्यमा खटिएका छन्। ती हेलिकप्टरहरूको इन्धन सकिन लागेकाले राजधानीबाट एकैपटक इन्धन पठाइएको बुझिएको छ।

यसैबीच, आपत्कालीन उडान र सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै अहिले त्रिभुवन विमानस्थलमा सुरक्षा तैनाथी कडा पारिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट