Techie IT
२०८३ मंसिर १२, शुक्रबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर


नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा कायम गरिएको छ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३१ पैसा तथा स्वीस फ्र्यांक एकको खरिददर १७७ रुपैयाँ १० पैसा र बिक्रीदर १७७ रुपैयाँ ८२ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९० पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०४ रुपैयाँ १८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५१ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४ रुपैयाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा तथा साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९८ पैसा र बिक्रीदर ११ रुपैयाँ ०२ पैसा तोकिएको छ। यस्तै, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४ रुपैयाँ ५० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६७ पैसा र बिक्रीदर २१ रुपैयाँ ७६ पैसा रहेको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९३ रुपैयाँ १४ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। आवश्यकतानुसार जुनसुकै समयमा पनि यो विनिमयदर संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने केही फरक हुनसक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट