Techie IT
२०८३ असोज १०, शनिबार

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ वटा ढोका खोलिए


कोसी ब्यारेज

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह अत्यधिक बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्।

शनिबार बिहान ६ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेको छ। यसअघि शुक्रबार बिहान प्रतिसेकेन्ड १ लाख ९८ हजार २ सय २० क्युसेक बहाव हुँदा २५ वटा ढोका खोलिएकोमा बहाव क्रमशः बढ्दै गएपछि खोलिने ढोकाको संख्या बढाइएको हो। कोशी ब्यारेजमा कुल ५६ वटा (५२ वटा मूल र ४ वटा नहर) ढोका रहेका छन्।

ब्यारेजमा पानीको बहाव खतराको तह पार गर्दै गएपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको संकेतस्वरूप पश्चिमतर्फ रातो बत्ती बालिएको छ। जलसतह निरन्तर बढिरहेकाले जिल्ला प्रशासन कार्यालयले सप्तकोशी आसपास तथा तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमपूर्ण क्षेत्रमा नजान तथा नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न विशेष आग्रह गरेको छ। वर्षा नरोकिएकाले नदीमा पानीको बहाव अझै बढ्न सक्ने खतरा रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट