Techie IT
२०८३ मंसिर ३, बुधबार

एनपीएल : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदै छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो बहुप्रतीक्षित भिडन्त अपराह्न ५ बजेदेखि सुरु हुनेछ।

आजको खेलको विजेता टोलीले सोझै उपाधि भिडन्त (फाइनल) मा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले पनि फाइनल पुग्न अर्को एक अवसर पाउनेछ। पराजित टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नुपर्नेछ। दुवै टोली पहिलो अवसरलाई नै सदुपयोग गर्दै सीधा फाइनल यात्रा तय गर्ने दाउमा छन्।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स लगातार तेस्रोपटक फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिँदै छ। गत संस्करणको फाइनल र जारी संस्करणको उद्घाटन खेलमा लुम्बिनीसँग भोगेको हारको बदला लिने सुदूरपश्चिमको योजना छ। अर्कोतर्फ, साविक विजेतासमेत रहेको लुम्बिनी लायन्स भने सुदूरपश्चिममाथिको आफ्नो विजयी लयलाई निरन्तरता दिँदै दोस्रोपटक उपाधि नजिक पुग्ने लक्ष्यमा रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट