Techie IT
२०८३ मंसिर ३, बुधबार

चोप्राहा बोर्डरबाट खैरो हेरोइनसहित भारतीय दम्पती र छोरा पक्राउ


मोरङको रंगेली नगरपालिका–४ स्थित चोप्राहा सीमा नाकाबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एक भारतीय दम्पती र उनीहरूका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

हिजो बेलुकी करिब ७:५० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (पीआईटी) र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तीन जनालाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको हो।

पक्राउ पर्नेमा भारतको बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोल बस्ने ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती सकुन्तला पासवान र १८ वर्षीय छोरा करण पासवान रहेका छन्। जाँचका क्रममा सकुन्तला पासवानले आफ्नो दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाइछिपाई राखेको अवस्थामा २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित नियन्त्रणमा लिइएका तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट