Techie IT
२०८३ मंसिर ३, बुधबार

एमाले स्थायी कमिटीको बैठक बस्दै


नेकपा (एमाले) को स्थायी कमिटीको दोस्रो बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी र एजेन्डा अनुमोदनका लागि पार्टीले यो बैठक बोलाएको हो।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले भोलिबाट सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ। यसका साथै, आगामी मङ्सिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने र मुलुकको समसामयिक राजनीतिक परिस्थितिमाथि पार्टीको ठोस धारणा निर्धारण गर्ने कार्यक्रम समेत रहेको आचार्यले जानकारी दिएका छन्।

राष्ट्रिय कार्यकर्ता भेलालाई व्यवस्थित र प्रभावकारी बनाउन स्थायी कमिटीको आजको बैठकलाई पार्टीले महत्वपूर्ण रणनीतिक कदमका रूपमा लिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट