Techie IT
२०८३ असार २१, आइतबार

भोटेकोशीमा ठूलाे बाढी: मितेरी पुल बगायो, सयौँ गाडी क्षतिग्रस्त, नेपाल–चीन स्थलमार्ग अवरुद्ध

बाढीका कारण नेपाल–चीनको व्यापारिक नाका मितेरी पुल पूर्ण रूपमा बगाएको छ भने भन्सार क्षेत्रमा तयारी अवस्थामा रहेका सयौँ गाडी बगाएको छ ।


चीनतर्फको क्षेत्रमा भीषण वर्षासँगै आएको बाढीले भोटेकोशी नदीमा एक्कासि पानीको सतह बढाउँदा रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति भएको छ । बाढीका कारण नेपाल–चीनको व्यापारिक नाका मितेरी पुल पूर्ण रूपमा बगाएको छ भने भन्सार क्षेत्रमा  तयारी अवस्थामा रहेका सयौँ गाडी बगाएको छ ।

स्थानीय प्रशासनका अनुसार बाढीमा लेदो मिसिएको छ, जसले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै नदी किनारमा रहेको भन्सारको यार्ड (ड्राइपोर्ट) मा पनि गम्भीर क्षति पुर्‍याएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार यार्डमा रहेका करिब १०० देखि १५० गाडीमध्ये अधिकांश गाडी बगाइसकेको अनुमान छ ।

“यार्डमा पार्किङ गरिएको गाडीहरूमा व्यापक क्षति पुगेको छ,” प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “कति मानिस पनि हराइरहेका छन् भन्ने आशंका छ, तर हालसम्म आधिकारिक रूपमा कोही हराएको पुष्टि भएको छैन ।”

बाढीका कारण नेपाल–चीन बीचको स्थलमार्ग अवरुद्ध भएको छ । पुल बगाइएपछि रसुवागढी नाका भएर सञ्चालन हुने सम्पूर्ण आयात–निर्यात कार्य ठप्प भएको छ । व्यापारीहरूका सामग्री बाढीले बगाएको र कतिपय व्यवसायीहरू स्थानमै अलपत्र परेका छन् ।

हाल उद्धार कार्य भइरहेको छ भने सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालित छन् । चीनतर्फको क्षेत्रबाट अझै पनि पानीको बहाव बढिरहेको हुँदा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट