Techie IT
२०८३ असोज ३०, शुक्रबार

करेन्ट लागेर कामदारको मृत्यु


नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ ।

कावासोती–३ स्थित एक सरकारी भवन निर्माण गर्ने क्रममा बर्दियाको ठाकुरबाबा–२ घर भई हाल कावासोतीमा डेरा गरी बस्ने ३५ वर्षीय सरोज थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिएका छन् ।

ड्रिल गर्ने क्रममा थारुलाई करेन्ट लागेको थियो । घाइते थारुको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको हो । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट