घाटाको भारी बोकेरै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा निरन्तर उतारचढाव भइरहेका बेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य बढाउनुपर्ने अवस्था रहे पनि निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको साविककै मूल्यलाई निरन्तरता दिएको हो।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले असोज २९ गते प्राप्त नयाँ खरिद मूल्यसूची अनुसार मूल्य समायोजन गर्नुपर्ने भए तापनि आम उपभोक्ताको हितलाई ध्यानमा राखी बिक्री मूल्य नबढाइएको जनाएको छ।
नयाँ मूल्यसूची अनुसार पहिलो वर्गका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६९ रुपैयाँ र तेस्रो वर्गका लागि १७० रुपैयाँ कायम छ ।
त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ प्रतिलिटर यथावत् राखिएको छ। हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर १३६ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १,८९५ रुपैयाँ कायम छ।
इन्धनको मूल्य नबढाउँदा निगमलाई १५ दिनमै (पाक्षिक) करिब ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने निगमको दाबी छ।



तपाईको प्रतिक्रिया दिनुहोस