Techie IT
२०८३ असार ३२, बिहीबार

लक्ष्मी सनराइज क्यापिटलका तीन म्युचुअल फन्डद्वारा नगद लाभांश घोषणा


लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१/८२ का लागि नगद लाभांश घोषणा गरेका छन्। साउन १२ गते बसेको सञ्चालक समितिको १५४औं बैठकले उक्त निर्णय गरेको हो।

घोषणा अनुसार, सनराइज ब्लुचिप फण्डले सबैभन्दा बढी १९ प्रतिशत नगद लाभांश दिनेछ। शुभ लक्ष्मी कोषले करसहित १६ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड–२ ले १५ प्रतिशत नगद लाभांश वितरण गर्नेछन्। शुभ लक्ष्मी कोषको लाभांश प्राप्तिका लागि साउन १२ गतेसम्म दर्ता कितावमा नाम रहेका इकाईधनीहरू मात्र योग्य हुने क्यापिटलले जनाएको छ। अन्य दुई योजनाका लागि दर्ता किताव बन्द (बुक क्लोजर) मिति भने पछि सार्वजनिक गरिनेछ।

शुभ लक्ष्मी कोषमा लाभांश पुनः लगानी योजना रोजेका इकाईधनीहरूका हकमा कर तथा डिपी शुल्क कटौतीपछि बाँकी रकम बराबरको इकाई बजार मूल्यमा खरिद गरिनेछ र ती इकाईहरू सोझै हितग्राही खातामा जम्मा गरिनेछन्।

तर, पुनः लगानी योजनामा सहभागी नभएका लगानीकर्ताहरूले भने लाभांश नगद रूपमा प्राप्त गर्नेछन्, जुन सीधै उनीहरूको हितग्राही खातामा लिंक गरिएको बैंक खातामा जम्मा हुनेछ।

लक्ष्मी सनराइज क्यापिटलद्वारा व्यवस्थापन गरिएका यी योजनाहरूले अघिल्ला वर्षहरूमा पनि नियमित प्रतिफल वितरण गर्दै आएका छन्, जसले लगानीकर्ताबीच म्युचुअल फण्डप्रतिको विश्वास बढाउन योगदान पुर्‍याएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट