नेप्सेमा भारी गिरावट, परिसूचक फेरि ३ हजार मुनि

नेप्से परिसूचक आज बुधबार ४७.९३ अंकले घटेर २९५४.१४ विन्दुमा बन्द भएको छ । आजको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । मंगलबार १८ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार १६ अर्ब ४४ करोड रूपैयाँमा सीमित भयो, जसमा २ अर्ब ८ करोड रूपैयाँको कमी आएको छ।
आज ३२७ वटा धितोपत्रका ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर किनबेच भएको थियो। २३ कम्पनीको सेयर मूल्य बढ्दा २२६ कम्पनीको मूल्य घटेको छ।
सान्भी इनर्जी र ट्रेड टावरको सेयर मूल्य सर्किट लेभल अर्थात् १० प्रतिशतले बढेको छ। यी कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ८४५.९० र ९४८.९० रूपैयाँ कायम भएको छ।
यसैगरी, ग्रिन डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ८.०४ प्रतिशतले घटेर १२४७.६२ रूपैयाँमा झरेको छ भने कालिका पावरको मूल्य ६.०१ प्रतिशतले घटेर ६३०.४६ रूपैयाँमा पुगेको छ।
आज हिमालयन रिइन्स्योरेन्स कम्पनी सर्वाधिक कारोबार भएको छ। यसको सेयर मूल्य प्रतिकित्ता १०८३.१० रूपैयाँमा रहेको छ र कुल कारोबार रकम १ अर्ब ३२ करोड १२ लाख रूपैयाँ छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २.२६ प्रतिशतले बढेको हो।
सर्वाधिक सेयर कारोबार हुने दोस्रो कम्पनी हिमालयन डिष्टिलरी रहेको छ। यसको सेयर मूल्य प्रतिकित्ता १४८३ रूपैयाँमा कारोबार भएको छ र कुल कारोबार रकम ७३ करोड २९ लाख रूपैयाँ छ।
आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ‘अन्य समूह’को परिसूचक ०.८५ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेर समग्र नेप्से परिसूचकमा गिरावट आएको हो। सबै समूहमध्ये ‘अन्य समूह’को परिसूचक सर्वाधिक ३.२८ प्रतिशतले घटेको छ।
बैंकिङ समूहको परिसूचक १.५५ प्रतिशत, विकास बैंक ३.२७ प्रतिशत, फाइनान्स २.७० प्रतिशत, होटल तथा पर्यटन २.१० प्रतिशत, हाइड्रोपावर १.६३ प्रतिशत, लगानी १.६५ प्रतिशत, जीवन बीमा १.७६ प्रतिशत, उत्पादन तथा प्रशोधन १.३२ प्रतिशत, माइक्रोफाइनान्स ३.२८ प्रतिशत, निर्जीवन बीमा १.५४ प्रतिशत र व्यापार समूह १.७२ प्रतिशतले घटेका छन्।
सान्भी इनर्जी र ट्रेड टावरको मूल्य १० प्रतिशतले बढेको छ। सूचीकृत भएपछि लगातार बढ्दो क्रममा रहेको सान्भी इनर्जीको मूल्य प्रतिकित्ता ८४५.९० रुपैयाँ पुगेको छ भने ट्रेड टावरको मूल्य ९४८.९० रुपैयाँमा कायम भएको छ।
त्यस्तै, समता घरेलु लघुवित्तको मूल्य ६.७४ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ५.१६ प्रतिशत र भूगोल इनर्जीको ३.८२ प्रतिशतले वृद्धि भएको छ।
ग्रिन डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ। कालिका पावरको मूल्य ६ प्रतिशत, सीवाईसी लघुवित्त र नाडेप लघुवित्तको मूल्य ५.४ प्रतिशतले घटेको छ।
आज धेरै कारोबार भएका पाँच कम्पनीहरू हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, ग्रिन भेन्चर्स र नेपाल पुनर्बीमा रहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस