Techie IT
२०८२ भाद्र ३, मंगलबार

Digital Payment

देशका सबै संघीय अस्पतालमा अब डिजिटल भुक्तानीको व्यवस्था

अस्पतालको बिल अब मोबाइल एप, ई–बैंकिङ वा क्यूआर स्क्यानमार्फत सहजै तिर्न सक्नेछन्


अब देशभरका सबै संघीय अस्पतालमा सेवा शुल्क भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानलाई सेवा सहज बनाउन डिजिटल भुक्तानी प्रणाली लागू गर्न निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको नौ बुँदे सुधार योजनाअन्तर्गत बुधबार मन्त्रालयले अस्पतालहरूलाई पत्र पठाउँदै भुक्तानी प्रक्रिया अनलाइन प्रणाली तथा क्यूआर कोडमार्फत उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको हो।

मन्त्री पौडेलले अस्पतालहरूमा हुने अनावश्यक भीड व्यवस्थापन गर्न सेवा प्रवाह प्रणालीमा सुधार ल्याउने उद्देश्यसहित सुधार योजना अघि सारेका थिए। उनले टिकट लिने र बिल तिर्ने प्रक्रियामा नागरिकलाई सास्ती कम हुने गरी काम गर्न अधिकारीहरूलाई निर्देशन दिएका थिए।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखा ले पत्राचारसँगै कार्यान्वयनको अवस्था अनुगमन गर्ने तयारी गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी ले संघीय अस्पतालहरूले मन्त्रालयसमक्ष पेश गरेको नौ बुँदे प्रतिबद्धता अनुसार भीड व्यवस्थापन तथा सेवा प्रभावकारिताका विषयमा कडाइका साथ निगरानी गरिने बताएका छन्।

मन्त्रालयको योजना कार्यान्वयन भएमा नागरिकहरूले अस्पतालको बिल अब मोबाइल एप, ई–बैंकिङ वा क्यूआर स्क्यानमार्फत सहजै तिर्न सक्नेछन्, जसले लामो लाइन बस्नुपर्ने झन्झट कम हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट