Techie IT
२०८२ भाद्र ३, मंगलबार

सिद्धार्थ बैंक लिमिटेडको वितरणयोग्य मुनाफा तीन गुणाले वृद्धि


सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार, बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २२० प्रतिशतले वृद्धि भई एक अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। यसअघि वितरणयोग्य मुनाफा ५८ करोड तीन लाख ६१ हजार रुपैयाँ थियो।

वितरणयोग्य मुनाफा बढेसँगै बैंकको लाभांश क्षमता प्रतिसेयर १३ रुपैयाँ २२ पैसा पुगेको छ भने डिबेन्चर रिडेम्पसन रिजर्भका लागि एक अर्ब ४६ करोड रुपैयाँ छुट्याइएको छ।

बैंकको समग्र मुनाफा पनि १०.२४ प्रतिशतले वृद्धि भई तीन अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले तीन अर्ब आठ करोड रुपैयाँ नाफा गरेको थियो। खराब कर्जालाई २.६२ प्रतिशतमा सीमित गर्दै बैंकले सन्तुलित विस्तार गरेको छ।

खुद ब्याज आम्दानी आठ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४३ प्रतिशतले वृद्धि हो। सेवा शुल्क तथा अन्य आम्दानी १५.०९ प्रतिशतले बढ्दै एक अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतको वृद्धिसँगै बैंकको कुल आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

गत वर्ष बैंकले एक अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ। समीक्षा अवधिमा निक्षेप संकलन १६.१६ प्रतिशतले वृद्धि भई दुई खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले बढेर दुई खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेपमा वार्षिक रूपमा ३८ अर्ब ९९ करोड रुपैयाँ र कर्जामा १९ अर्ब सात करोड रुपैयाँको वृद्धि भएको छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ सञ्चित छ।

प्रमुख वित्तीय सूचकहरू

प्रतिसेयर आम्दानी: २४.१ रुपैयाँ

वितरणयोग्य आम्दानीमा आधारित प्रतिसेयर आम्दानी: १३.२२ रुपैयाँ

प्रतिसेयर नेटवर्थ: २१९.९७ रुपैयाँ (२३.६१ रुपैयाँले वृद्धि)

दोस्रो बजारमा सेयर मूल्य र प्रतिसेयर आम्दानीको प्राइस अर्निङ अनुपात (P/E): १५.९३

पुँजीकोष अनुपात: ११.७७ प्रतिशत

खराब कर्जा अनुपात: २.६२ प्रतिशत

कर्जा तथा निक्षेप अनुपात: ७६.९२ प्रतिशत (०.२४ प्रतिशत बिन्दुले सुधार)

आधार ब्याजदर: ६.४२ प्रतिशत (गत वर्षको तुलनामा १.६९ प्रतिशत बिन्दुले कमी)

स्प्रेडदर: ३.९८ प्रतिशत कायम

सिद्धार्थ बैंकले वित्तीय वर्षमा सुदृढ आर्थिक प्रदर्शन गर्दै लगानीकर्ताका लागि आकर्षक प्रतिफल उपलब्ध गराएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट