Techie IT
२०८२ चैत्र १७, मंगलबार

कलाकार क्रिस्टिना गुरुङ ‘अमोरा नेपाल’ बुटिक व्यवसायमा


कलाकारहरू पछिल्लो समय क्रमशः विभिन्न व्यवसायमा सक्रिय हुँदै आएका छन्। त्यही क्रममा अभिनेत्री क्रिस्टिना गुरुङले पनि आफ्नो व्यवसायिक यात्रा सुरु गरेकी छन्। उनले ‘अमोरा नेपाल’ नामक बुटिक सञ्चालनमा ल्याएकी हुन्।

महाराजगञ्जस्थित नारायणगोपाल चोकमा कृष्ण जन्माष्टमीको दिन पारेर उद्घाटन गरिएको बुटिकमा महिलाका लागि विभिन्न डिजाइन र रंगका आकर्षक कुर्थादेखि साडीसमेत उपलब्ध छन्।

क्रिस्टिनाले सामाजिक सञ्जालमार्फत व्यवसाय सुरु गरेको जानकारी दिँदै लेखेकी छन्, “कृष्ण जन्माष्टमी मेरो जीवनमा सधैं विशेष रहँदै आएको छ। यस वर्ष यो दिन अझ अर्थपूर्ण बनेको छ। कृष्ण जन्माष्टमीकै दिनबाट यो नयाँ यात्रा सुरु गर्न पाउँदा खुशी छु। सबैलाई स्वागत छ।”

उनको पोस्टमा प्रशंसकहरूले शुभकामना र बधाईका टिप्पणी गरेका छन्।

क्रिस्टिनाले ‘प्रेमगीत ३’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन्। अडिसनमार्फत छानिएकी उनले त्यसपछि आएका केही फिल्म प्रस्ताव अस्वीकार गर्दै, “चित्तबुझ्दो कथा आए मात्र अभिनय गर्ने” धारणा राख्दै आएकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट