पुराना ५०० र १००० का भारतीय नोट प्रयोग नगर्न राष्ट्र बैंकको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतमा २०१६ को नोटबन्दीअघि चलनचल्तीमा रहेका ५०० र १००० दरका भारतीय नोट राख्न, कारोबार वा ओसारपसार नगर्न चेतावनी दिएको छ।
मंगलबार सूचना जारी गर्दै बैंकले ती नोट नेपालमा प्रयोग गर्न प्रतिबन्धित रहेको प्रष्ट पारेको हो। साथै, भारत बाहेक अन्य मुलुकबाट भारतीय नोट ल्याउन नपाइने स्पष्ट गरेको छ।
त्यस्तै, कुनै पनि नेपाली वा विदेशी नागरिकले भन्सार घोषणा नगरी ५ हजार अमेरिकी डलर वा सो बराबरको भारतीय रुपैयाँ तथा अन्य विदेशी मुद्रा मात्र नेपाल भित्र्याउन सक्ने व्यवस्था रहेको बैंकले स्मरण गराएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस