Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

राष्ट्र बैंकको नयाँ नीति: दसैँमा ५ रुपैयाँको नोट मात्र नयाँ


यस वर्षको दसैँमा सर्वसाधारणले नयाँ नोट साट्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले दसैँमा सुकिला नोट नै सटही गरिने व्यवस्था गरेको हो।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार, नयाँ नोट बजारमा पठाउँदा एकपटकमात्र प्रयोग बढ्ने र त्यसपछि राष्ट्र बैंकलाई फिर्ता लिनुपर्ने बाध्यता हुने भएकाले नोट छाप्न लागेको लागत बचाउन सुकिला नोट सटही गर्ने निर्णय गरिएको हो।

सर्वसाधारणले राष्ट्र बैंक र बैंकहरूबाट सुकिला नोट साट्न पाउने छन्। दसैँका लागि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्म सटही गरिने व्यवस्था मिलाइनेछ। तर पाँच रुपैयाँका नोट भने नयाँ नै उपलब्ध हुनेछन्।

पौडेलले भने, “यदि बैंकहरूमा सुकिला नोट सकिए र राष्ट्र बैंकमा पनि सुकिला नोट नबचेको खण्डमा आवश्यकताअनुसार नयाँ नोट उपलब्ध गराइनेछ। तर पर्याप्त सुकिला नोट रहेको अवस्था छ।”

राष्ट्र बैंकले गत वर्षदेखि दसैँका लागि नयाँ नोट सटही नगर्ने नीति अपनाएको हो। नोट छाप्न बढी लागत लाग्ने र दसैँमा सुरक्षाको चुनौती हुने भएकाले यो निर्णय लिइएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट