सेयर बजार १२ अंकले बढ्दै २७६१ मा, कारोबार रकम घट्यो

साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.०३ अंकले वृद्धि भई २७६१.८६ बिन्दुमा पुगेको छ।
कारोबार सुरु भएको केही समयमै परिसूचक २७४१ बिन्दुसम्म झरेको बजार दिउँसो २ बजेदेखि बढ्ने लयमा प्रवेश गरेको हो।
तर, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार ६ अर्ब ६ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब १० करोडमा सीमित भयो।
क्षेत्रगत कारोबार
बजार वृद्धिमा बैंकिङ समूहको प्रमुख योगदान देखिएको छ। बैंकिङ सूचक १.५० प्रतिशतले बढेको छ। त्यसैगरी विकास बैंक ०.५२, होटल तथा पर्यटन ०.४३, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.३० प्रतिशतले बढे। जीवन बीमा सूचक स्थिर रह्यो भने व्यापार ०.८५ र अन्य समूह ०.०३ प्रतिशतले घटे।
टप गेनर र लुजर
टप गेनर : हिमस्टार ऊर्जा ६.०७%, स्ट्यान्डर्ड चार्टर्ड बैंक ४.०८%, सिद्धार्थ बैंक ३.२८% र महिला लघुवित्त ३.२१% ले बढेका छन् ।
टप लुजर : उन्नति सहकार्य लघुवित्त ७.६८%, विकास हाइड्रोपावर ४.८८%, पियोर इनर्जी ४.७१%, पिपुल्स पावर ३.६५% ले घटेका छन् ।
बढी कारोबार हुने कम्पनी
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी (२८ करोड ८ लाख), एभरेष्ट बैंक (२४ करोड ४४ लाख), हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र कुमारी बैंक अग्रपङ्तिमा रहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस