Techie IT
२०८२ भाद्र १८, बुधबार

आरबिबि म्युचुअल फण्डले ल्यायो एक अर्ब बराबरको इकाई बिक्रीमा


राष्ट्रिय वाणिज्य बैकको आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित आरबिबि म्युचुअल फण्ड अन्तर्गतको सामूहिक लगानी कोष ‘आरबिबि फोकस ४०’ को इकाई आज (भदौ १८ गते) देखि सार्वजनिक निष्काशनमा ल्याएको छ।

बैंकिङ्गले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। जसमध्ये १४ प्रतिशत (कम्तीमा १ करोड ४० लाख इकाई) कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र १ प्रतिशत (कम्तीमा १० लाख इकाई) योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ। निष्काशन अवधि छिटोमा भदौ २२ गतेसम्म रहनेछ भने सो अवधिभित्र सबै इकाई बिक्री नभएमा असोज १ गतेसम्म लम्बिन सक्नेछ।

१२ वर्ष अवधिको यो योजनामा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत वा मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

इकाई निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कोष प्रबर्द्धकलाई CARE NP A+ Issuer Rating दिएको छ भने योजना व्यवस्थापकलाई इक्रा नेपालले ICRA NP AMC Quality 3 Rating प्रदान गरेको छ।

आरबिबि फोकस ४० को लगानी योजना अनुसार, नेप्सेमा सूचीकृत कम्पनीहरूको आन्तरिक मूल्यांकन गरेर उच्चतम प्रतिफल दिने सम्भावना भएका ४० कम्पनीलाई प्राथमिकतामा राखी लगानी गरिनेछ। तर, आवश्यकता अनुसार ४० भन्दा बढी कम्पनीमा समेत लगानी गर्न सकिने प्रावधान रहेको बैंकिङ्गले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट