Techie IT
२०८३ श्रावण १२, मंगलबार

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ


नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ८ सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

आइतबार एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएर ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि अर्को नयाँ रेकर्ड बनाएको हो ।

मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट