सेयर बजार असोज २ गतेसम्म बन्द

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले असोज २ गतेसम्म सेयर बजार बन्द रहने जानकारी सार्वजनिक गरेको छ। नेप्सेका अनुसार धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९०, उपदफा १, खण्ड घ बमोजिम बजार चार दिनका लागि बन्द गरिएको हो। यस व्यवस्थाअनुसार आवश्यक परे अर्को १ दिन बन्द अवधि थप्न सकिने उल्लेख गरिएको छ।
सो ऐनको दफा ९० अन्तर्गत बोर्डलाई विशेष अधिकार दिइएको छ, जसअनुसार धितोपत्र बजारसँग परामर्श गरी बढीमा ५ दिनसम्म कारोबार स्थगन गर्न आदेश दिन सकिन्छ। यसअघि नेप्सेले मंगलबार, बुधबार र बिहीबार पनि बजार बन्द गरेको थियो। बजार स्थगनको निर्णय धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ अनुसार गरिएको हो।
विकासका कारण, प्राकृतिक प्रकोप वा राष्ट्रिय संकटमा बोर्डले कारोबार प्रणाली निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था नियमावलीमा उल्लेख छ। बजार खोल्ने वा बन्द राख्ने विषयमा लगानीकर्ताहरू दुई ध्रुवमा बाँडिएका छन्। अधिकांश लगानीकर्ताहरू मनोभावना कमजोर भएको समयमा बजार खोल्दा नकारात्मक प्रभाव बढ्ने भएकाले बन्द अवधि लम्ब्याउनुपर्नेमा छन्। केही लगानीकर्ताहरू भने सम्पत्ति सुरक्षित राख्नका लागि बजार तुरुन्त खोल्नुपर्ने पक्षमा छन्।
हाल मुलुक युवा पुस्ताको विरोध प्रदर्शनपछि नेतृत्वविहीन भएको अवस्थामा बजार सञ्चालनको निर्णय संवेदनशील बनेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस