जेन–जी आन्दोलनमा ६८ बैंक शाखा र ६९ एटीएममा क्षती - गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले विभिन्न बैंकका ६८ शाखा र ६९ एटीएममा क्षति पुगेको बताएका छन्।
सोमबार अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा उनले भने, “जेन–जी प्रदर्शनका कारण ६८ वटा बैंक शाखा र ६९ वटा एटीएममा क्षति पुगेको छ। यद्यपि यो समय मानिसहरूको मनोबल बढाउने हो। जे घटना घट्यो, त्यो ज्यादै दुःखद् छ। राष्ट्र बैंक सक्दो सहयोग गर्न तयार छ।”
तपाईको प्रतिक्रिया दिनुहोस