Techie IT
२०८३ भाद्र २८, आइतबार

सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : सरकारी संरचनाको ड्यामेज एसेसमेन्ट र पुनर्निर्माण कार्ययोजना


सहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहणसँगै आफ्नो पहिलो निर्णयमार्फत जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा पुगेको क्षतिको मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र तयार गर्न निर्देशन दिएका छन्।

पदभार ग्रहण कार्यक्रमपछि मन्त्रालयमा सचिव गोपाल सिग्देलले स्वागत गर्दै ब्रिफिङ गरेका थिए। सो क्रममा मन्त्री घिसिङले आन्दोलनका क्रममा भौतिक संरचना, सवारीसाधन, फर्निचर, कागजात र अन्य सम्पत्तिमा क्षति भएको भन्दै तत्काल ड्यामेज एसेसमेन्ट (क्षति मूल्याङ्कन) सुरु गर्न निर्देशन दिए।

उनले विशेषज्ञ टोली परिचालन गरी तीन दिनभित्र क्षति विवरण सङ्कलन गर्ने र त्यसलाई आधार मानेर एक हप्ताभित्र पुनर्निर्माण तथा पुनर्स्थापना कार्ययोजना तयार गरी मन्त्रिपरिषद्‌मा स्वीकृतिका लागि पेस गर्न निर्देशन दिए।

मन्त्री घिसिङले भने, “राज्यले योगदान त गर्छ, तर हाम्रो स्रोत सीमित छ। त्यसैले देशभित्र र विदेशमा रहेका नेपाली स्वयंसेवक तथा सहयोगी समुदायबाट समेत योगदान सङ्कलन गर्न सकिन्छ। आवश्यक परे क्राउडफन्डिङमार्फत आर्थिक स्रोत जुटाइनेछ र सङ्कलित रकम विशुद्ध रूपमा सरकारी संरचनाको पुनर्निर्माणमा खर्च गरिनेछ।”

यसका लागि मन्त्रालयले दुई फाइल तयार गरेको छ। पहिलो, क्षति मूल्याङ्कन र कार्ययोजना स्वीकृति प्रक्रिया अघि बढाउने; दोस्रो, पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने प्रणाली कार्यान्वयन गर्ने।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट