Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

सेयर बजारमा नेगेटिभ सर्किटपछि अर्थमन्त्री खनाल ‘एक्सन’मा, कार्यदल गठन


काठमाडौँ — बिहीबार नेगेटिभ सर्किट लाग्दै सेयर बजार स्थगित भएपछि अर्थमन्त्री रामेश्वर खनाल सक्रिय भएका छन् । उनले पूँजीबजारमा देखिएका विसंगति, समस्या र सुधारका उपाय अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धि गर्न सुझाव दिन कार्यदल गठन गरेका छन्।

शुक्रबार धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन्।

अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य–सचिव तोकिएका छन्।

कार्यदललाई लगानीकर्ताको मनोबल वृद्धिका लागि आवश्यक प्रणालीगत र प्रक्रियागत सुधारबारे ठोस कार्यान्वयन कार्ययोजना तयार गरी पाँच दिनभित्र अर्थमन्त्रीलाई बुझाउने जिम्मेवारी दिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट