Techie IT
२०८२ कार्तिक ८, शनिबार

कति पुग्यो आज डलरको भाउ?


नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ। त्यस्तै, युरो एकको खरिददर १६६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा कायम भएको छ।

ब्रिटिश पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४६ पैसा तोकिएको छ भने स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९१ पैसा, क्यानाडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४७ पैसा र सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ तथा बिक्रीदर ११० रुपैयाँ ४७ पैसा रहेको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा तोकिएको छ। साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ २ पैसा रहेको छ।

त्यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा, दक्षिण कोरियन वन सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ।

स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८ पैसा र बिक्रीदर १५ रुपैयाँ १५ पैसा, डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २९ पैसा र बिक्रीदर २२ रुपैयाँ ३९ पैसा तोकिएको छ।

यस्तै, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १७ पैसा तथा ओमानी रियाल एकको खरिददर ३६७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६८ रुपैयाँ ३६ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यक परेमा विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक पर्न सक्ने र अद्यावधिक दर नेपाल राष्ट्र बैंकको वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट