Techie IT
२०८२ असोज २१, मंगलबार

आज डलरको भाउ कति पुग्यो ?


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६७ रुपैयाँ १९ पैसा तोकिएको छ। ब्रिटिश पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ३६ पैसा र बिक्रीदर १९१ रुपैयाँ १७ पैसा छ भने स्वीस फ्र्यांक एकको खरिददर १७७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९० पैसा, क्यानाडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा, र सिंगापुर डलर एकको खरिददर १०९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०३ पैसा तय गरिएको छ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, र कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा रहेको छ।

यसका साथै, थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।

दक्षिण कोरियाली वन (१००) को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५ रुपैयाँ ११ पैसा, र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २६ पैसा तय गरिएको छ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर ३७६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६४ पैसा, र ओमानी रियाल एकको खरिददर ३६८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ७५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमय दर बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट