सुनको मूल्यले फेरि तोड्यो रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ५००

मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन ८ हजार १०० रुपैयाँले वृद्धि भई सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ। सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यो चाँदीको मूल्यका लागि पनि हालसम्मकै उच्च दर हो।
तपाईको प्रतिक्रिया दिनुहोस