Techie IT
२०८३ असार २७, शनिबार

नेप्से परिसूचक ३०.७५ अंकले वृद्धि, कारोबार ९ अर्ब १० करोड पुग्यो


साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उकालो लागेको छ। बजार परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ विन्दुमा पुगेको छ।

आजको कारोबारमा ९ अर्ब १० करोड रुपैयाँको सेयर किनबेच भएको छ, जुन अघिल्लो कारोबार दिन (७ अर्ब ५१ करोड)को तुलनामा झण्डै डेढ अर्ब बढी हो।

बजार विश्लेषणअनुसार, आज १९८ कम्पनीको सेयर मूल्य बढ्दा ५० कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ। ट्रेडिङ सेक्टर बाहेक सबै समूहको सूचकमा वृद्धि देखिएको छ। फाइनान्स क्षेत्रमा ५.१७ प्रतिशत र जीवन बीमा क्षेत्रमा ४.३५ प्रतिशत माथिको उछाल आएको छ।

आज ५ कम्पनीको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। ती कम्पनीहरूमा सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, सञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर र तेह्रथुम पावर रहेका छन्। त्यस्तै, गुह्येश्वरी मर्चेन्ट बैंकिङ र उन्नति सहकार्य लघुवित्तको मूल्य पनि सर्किटमा पुगेको छ।

सबैभन्दा धेरै गिरावट खानीखोला हाइड्रोपावरको सेयरमा आएको ४.७६ प्रतिशत हो। कारोबारका आधारमा हिमालयन बैंकको प्रोमोटर सेयरमा १ अर्ब ६६ करोड, युनियन हाइड्रोपावरमा ३४ करोड, र वुटवल पावर कम्पनीमा २५ करोड रुपैयाँको कारोबार भएको छ।

बजारमा लगानीकर्ताबीच सकारात्मक संकेत देखिनुका साथै, कारोबार रकममा वृद्धि आउँदा आगामी दिनमा पनि लगानीको सक्रियता रहिरहने विश्लेषकको अनुमान छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट